ड्रोनले खोज्दा पनि भेटिएन भानु नगरपालिकाका मेयरका स्वकिय सचिवले दुरुपयोग गरेको मोटरसाईकल

  • ख-
  • ख+

सांकेतिक तस्विर

तनहूँ । ड्रोनले खोज्दा पनि भानुका मेयर आनन्दराज त्रिपाठीका स्वकिय सचिव सुजन थपलियाले दुरुपयोग गरेको नगरपालिकाको मोटरसाईकल भेटिएको छैन । अघिल्लो सोमवारका दिन थपलियाले नियम विपरित आफुले प्रयोग गरेको नलिईकन कार्यालयको अर्को मोटरसाईकल लिई भानु नगरिपालिकाकै थानिको थान मन्दिरमा जानु भएको थियो । उक्त दिन मन्दिर परिसर नजिकै थपलियाको अन्य व्यक्तिहरुसग झगडा भएपश्चात थपलिया कार्यालयको सम्पर्कमा नआउनुका साथै उक्त मोटरसाईकल हराईरहेको नगरपालिकाको भनाई छ । थपलिया सम्पर्क विहिन भएपश्चात भानु नगरपालिकाको उजुरी र आग्रहका साथै स्थानिय मानिसहरुको भनाईको आधारमा सुरक्षाकर्मीले उक्त क्षेत्रमा पटक पटक मोटरसाईकलको खोजि गरेको छ । केहिदिन अगाडि मेयर आनन्दराज त्रिपाठी, भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेल र सुरक्षाकर्मीको उपस्थितिमा ड्रोन उडाई कसैले भिर पहरा कतै मोटरसाईकल फ्याँकिदिएको छ कि भन्ने आशंकाको भरमा खोजतलाश गर्दा पनि मोटरसाईकल भेट्न नसकिएको कार्यालयले जनाएको छ ।

जनताको सम्पत्तिको दुरुपयोग र मोटरसाईकल हराएको घटनाका बारेमा मेयरका स्वकिय सचिव सुजन थपलियाद्धारा कार्यालयमा जानकारी नदिनु , कार्यालयले स्पष्टिकरण पत्र घरमा बुझाउदाँ पनि आजसम्म स्पष्टिकरण नआउनु , मोटरसाईकल प्रयोग गर्ने व्यक्ति मेयरको मात्र सम्पर्कमा आउनु र भानुमा सक्रिय नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, रास्वपा लगायतका दलहरु चुपचाप रहनुले घटना ढाकछोप गर्न राजनितीक दलहरु कस्सिएर लागेको स्थानियहरुले बताउनुभएको छ । साथै घटना बारेमा कार्यालयबाट जनतालाई सत्यतथ्य जानकारी दिन पनि स्थानियले आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्