UAE मा बसोवास गर्ने श्रेष्ठ दम्पत्तिद्धारा तनहूँमा बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा सहयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका, थर्पु स्थायी घर भई हाल आबु धावी युएई कर्मथलो बनाउनु भएका NRNA NCC UAE को उपाध्यक्ष एबम आबु धावी युएई स्थित MT 8848 रेस्टुरेन्टका संचालक सोनम श्रेष्ठ र उहाँको श्रीमान् महेश श्रेष्ठले बौद्धिक अपाङ्गता २० जना बालबालिकाहरु खाद्यान्न तथा न्यानो कपडा सहयोग गर्नुभएको छ । श्रेष्ठ दम्पत्तिद्धारा तनहूँको व्यास नगरपालिका वडा नं. १३ स्थित श्री सिद्धबेनी आधारभूत बिद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता २० जना बालबालिकाहरुका लागि खाद्यान्न तथा न्यानो कपडा उपलब्ध गराउनु हो ।
कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापक , शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सदस्यहरुको लगायतको उपस्थिति रहेको थियो ।
विदेशलाई कर्मथलो बनाएर पनि श्रेष्ठ दम्पत्तिबाट प्राप्त सहयोगले बालबालिकाहरुलाई निकै ठूलो सहयोग पुगेको कुरा बिद्यालयका निमित्त प्रधानाध्यापक खड्गबहादुर सुबेदीले बताउनुभएको थियो । उक्त अवसरमा बिद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्ण भक्त तिवारी श्रेष्ठ दम्पत्ति धन्यवादको पात्र भएको बताउनुभएको थियो ।

श्रेष्ठ दम्पत्तिद्धारा उपलब्ध गराईएको खाद्यान्न तथा न्यानो कपडा दमौलीका सामाजिक कार्यमा सकृय युवाहरू पुष्प श्रेष्ठ, सुरेश पुरी, माधब न्यौपाने, पविन्द्र भट्टराई, रमेश गिरी, भरतकुमार श्रेष्ठ, कृष्ण सुनार र रबि भुजेल मार्फत हस्तान्तरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?