पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाएकी सुन्दरबजार–९ की ३२ वर्षीया देवी परियारको मृत्यु भएको भने ३३ जना बिरामी पर्नुभएको छ ।
शुक्रबार बेलुका सामूहिक भोज खाएकामध्ये हालसम्म ३३ जना बिरामी परेकोमा १ जनाको थप उपचारका लागि चितवन पठाईएको र अरुको अवस्था सामान्य भएकोले स्थानिय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयलमजुगंँका सूचना अधिकारी एवं प्रहरी निरिक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ ।
शुक्रबार भोज खाएकोमा कसैलाई हिजोबाट र कसैलाई आजदेखि ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने जस्ता लक्ष्यण देखिएको रैछ । अहिले बिरामीको उपचार भइराखेको छ भपाईको भनाई छ ।
डाक्टरले फुट पोइजन कै कारण बिरामी भएको बताएपनि घटना बारेमा थप अनुसन्धान भईरहेकोे प्रहरी निरिक्षक चपाईले बताउनुभएको छ । बिरामीहरु सुन्दरबजार नगरपालिका वडा नं. ८ मा शुक्रबार क्रिसमसको अवसरमा आयोजित सामूहिक भोजमा भोज खानुभएको थियो ।








