एमालेबाट निर्वाचित वडाध्यक्ष परस्त्रीसँग होटलमा पक्राउ

  • ख-
  • ख+

काठमाण्डौ । सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ पर्नुभएको छ । प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उहाँहरु अर्धनग्न अवस्थामा पक्राउ गरिएको हो । महिलाका श्रीमान् ले आफ्नी श्रीमतीलाई लिएर वडाध्यक्ष गौतमले होटल गएको उजुरी गरेपछि प्रहरी र महिलाको श्रीमान् होटल पुगेर उहाँहरुलाई अर्धनग्न अवस्थामा पक्राउ गरेको हो ।

वडाध्यक्ष गौतम धरानमा पक्राउ परेकाले उक्त घटनाको बारेमा बढि जानकारी दिन नसक्ने रामधुनी नगरपालिकाका सूचना अधिकारी राजनकुमार गेललाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?