तनहूँ । म्याग्दे गाउँपालिका वडा नं. ३ का १७ वर्षे बालकले पोखरामा बस चोरेर चितवन पुर्याएका छन् । ग१ख ९६३८ नम्बरको पोखरा पृथ्वी चोकमा पार्किङमा राखेको बस शुक्रवार राति चोरी गरि शनिवार बिहान चितवन पुर्याएपछि उनी पक्राउ परेका हुन् ।
पार्किगं गरिराखेको बस नदेखेपछि डईभरले प्रहरीलाई खबर गरेपछि खोजविनका क्रममा उक्त बस शनिवार बिहान भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा फेला परेको हो । प्रहरीका अनुसार पहिला सहचालक रहेका ति बालक गाडी चलाउन जानेका छन् । तनहूँमा सुन चोरीमा पक्राउ परेका उनी विरुद्ध अरू दुईतीनटा मुद्दा पनि रहेका छन् ।
बससहित बालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








