नेपाली चेली मेनुका पौडेल बाहुवली प्रभासको चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने

  • ख-
  • ख+

काठमाडौं । नेपाली चेली मेनुका पौडेललाई बाहुवली प्रभासको चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने हुनुभएकी टिन् । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी मेनुका पौडेलले यस बर्षको सर्वाधिक चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी हुन् । सो कुराको जानकारी मेनुकाले आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिएकी हुन् ।
रवि बसरुरको संगीत रहेको ‘सलार’ फिल्ममा गीत गाउन पाउनु आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको मेनुकाले बताएकी छन् ।
इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिइरहेकी मेनुकाले उक्त कुराको जानकारी दिएपछि जज तथा अन्य प्रतिष्पर्धीहरुले उठेर सम्मान व्यक्त गरेका थिए । ईण्डियन आईडलको कार्यक्रममा भाग लिईरहेकी मेनुकालाई अन्य फिल्मबाट पनि अफरहरु आईरहेका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्