२८ मंसिर । तनहूँ । तनहूँको दमौलीमा मंसिर २८ देखि पौष ६ गतेसम्म हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन भएको छ । उक्त सप्ताह ज्ञान महायज्ञको आज एक कार्यक्रमका बिच आचार्य प्राध्यापक श्री हरिशरण देवजी महाराजले पानसमा उद्घाटन गर्नुभयो । यज्ञको उद्घाटन गर्दै देवजी महाराजले श्रीमद्भावत गीताको महत्व ठ्लो भएको र व्यासको तपोभुमि, भानुभक्तको जिल्लाको संसारमा ठुलो महत्व भएकोले ति नामहरुको लागि जिल्लावाीले अझै धेरै गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमारले आफुले यसक्षेत्रको विकासको लागि प्रदेशबाट बजेट ल्याउन पहल गरेको र यो बर्ष पनि बजेट पर्ने बताउनुभएको थियो । कार्यक्रममा महाउज्ञका कथावाचक व्यासका अध्येता एवं वरिष्ठ विद्धान काशीनाथ न्यौपाने, दामोदर बाबा, पुनरादेवन अदालतका पुर्व न्यायाधिश विष्णुदेव पौडेलले सप्ताहमा सहभागी भएर सबैले ज्ञान बटुल्नुपर्ने बताउनुभएको थियो ।
श्रीकृष्ण द्वैपायन जेष्ठ नागरिक सत्संग समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको संचन समितिका सचिव कृष्णराज वाग्लेले गर्नुभएको थियो ।
व्यासका अध्येता काशीनाथ न्यौपानेको कथावाचनमा दमौलीको मा मंसिर २८ देखि पौष ६ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ दमौलीको पन्च मन्दिर परिसरमा हुनेछ ।








