रास्वपाको पौष १ गते दमौलीमा वर्तमान तथा भावि ऊर्जा नीति बारे छलफल एवं अन्तर्क्रिया कार्यक्रम हुदै

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ऊर्जा नीति कार्यदलको आयोजनामा पौष १ गते तनहूँको दमौलीमा ”वर्तमान तथा भावि ऊर्जा नीति बारे छलफल एवं अन्तर्क्रिया कार्यक्रम” हुन गईरहेको छ । ”पार्टी र राष्ट्रले अवलम्वन गर्नुपर्ने वर्तमान तथा भावि ऊर्जा नीति बारे राय, सुझाव सहित छलफल एवं अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न लागिएको” राष्ट्रिय स्वतन्त्र पार्टी ऊर्जा नीति कार्यदलका संयोजक ई. श्रीराम न्यौपानेले जानकारी दिनुभएको छ । कार्यक्रममा स्थानियवासी लगायत सवै सरोकार पक्षसंग रास्वपाका उपसभापति एवं तनह्रूँ क्षेत्र नं १ का सांसद वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्लेको आतिथ्यतामा छलफल एवं अन्तर्क्रिया गरिने पनि ऊर्जा नीति कार्यदलका संयोजक ई. न्यौपानेले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रम दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने आयोजकले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?