तनहूँ । दमौली बजार नजिक पृथ्वीराज मार्गमा ट्याक्सीको ठक्करबाट ६ जना घाईते भएका छन् । पृथ्वी राजमार्गको बुल्दी पुलमा तालघरेबाट दमौली तर्फ आउदै गरेको ग १ ज ३७३२ नं ट्याक्सी अनियन्त्रित भै पैदल यात्रीलाई ठक्कर दिदा २ जना घाईते भएका हुन् । ट्याक्सीको ठक्करबाट ब्यास नगरपालिका वडा नं. १ गल्फुबेसी बस्ने बर्ष ८ कि नाहिशा गुरुङ र बर्ष ४ कि निहा गुरुङ रहेका छन् । उनीहरुलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको र उपचार भईरहेको छ ।
सडकबाट २ मिटर तल खसेको ट्याक्सीमा सवार पोखरा महानगरपालिका वडा नं.१० बस्ने बर्ष ५७ कि हेमकला राई र बर्ष ६४ कि बिष्णु कुमारी गुरुङको पनि मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने अर्की यात्रु ब्यास १ गल्फुबेसीकी २८ बर्षिय सपना अधिकारी डिस्चार्ज हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
ट्याक्सी चालक बिक्रर गुरुङ पनि उपचारपश्चात डिस्चार्ज भएको र घटना बारे अनुसन्धान भईरहेको सूचनन अधिकारी खाँणले जानकारी दिनुभएको छ ।








