ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

  • ख-
  • ख+

कैलाली । पश्चिमको जिल्ला बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

‘चार जना मृत्यु भएको छ रोडमै पल्टिएको छ ट्याक्टर’, उनले भने, ‘उहाँहरूको घटना स्थलमै मृत्यु भएको हो ।’

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।

निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्