कलाकारकाे प्रस्तुतिले जम्याे पाेखरामा औद्योगिक व्यापार मेलाकाे माहाेल

  • ख-
  • ख+

कलाकार जि पुन शनिबार सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै । तस्वीरः पाेउवासंघ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे सांगीतिक प्रस्तुतिले माहाेल रमाइलाे बन्न पुग्याे । मंसिर २१ गते शुरु भएकाे मेलामा हरेक दिन कलाकारहरुकाे प्रस्तुति रहँदै आएकाे थियाे ।

मंसिर ३० गते शनिबार अन्य दिनकाे तुलनामा ठूलाे संख्यामा दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे । राष्ट्रिय कलाकारहरु पुरुषाेत्तम न्याैपाने, प्रीति आले, एलिना चाैहान, जि पुन (जित बहादुर पुर्जा पुन), राजन कार्की, सन्ताेष सुवेदी, सरला पाण्डे लगायतका कलाकारहरुकाे प्रस्तुतिमा दर्शकहरुले मनाेरञ्जन लिएका थिए ।

यस अघिका दिनहरुमा पनि कलाकारहरुकाे सांगीतिक प्रस्तुति रहेकाे थियाे । दैनिक ठूलाे संख्यामा दर्शकले मेलाकाे अवलाेकन गरेकाे आयाेजकले बताएकाे छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए ।

‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो, दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो रह्याे,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप उल्लेख्य रहेकाे थियाे ।’

संघका महासचिव बलराम आचार्यले मेलाअन्तर्गतको सांस्कृतिक कार्यक्रममा दर्शक उल्लेख्य रुपमा सहभागी बनेकाे जानकारी दिए । ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई सहभागीले रुचाएको उनको भनाइ छ।

‘हुन त हाम्रो मुख्य उद्धेश्य उद्यमशीलता सिकाउनु नै हो, त्यो काम हामीले स्टलमार्फत् गरिहेका छौं, सहभागीहरुलाई थप मनोरञ्जन दिलाउने उपक्रममा सांगीतिक कार्यक्रम समावेश गरिएको हो । संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले मेलामा रहेका स्टलहरुबाट किनमेल पनि राम्रै भएको प्रतिक्रिया दिए । गाडी र स्कुटरलगायतको कारोबार पनि ठूलै भएको उनले बताए ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला सफल भएको आयोजक संघका अध्यक्ष प्रजापतिले जानकारी दिए ।

तस्वीरहरुः कलाकार जि पुन (जित बहादुर पुर्जा पुन) शनिबार सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै र मेला सहभागी दर्शकहरु ।पाेउवासंघ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्