तनहूँ । टेम्पो पल्टदा दुवै खुट्टा नचचल्ने भएका भानुका प्रकाश गुरुगंलाई सहयोग खाँचो भएको छ ।भानु नगरपालिका वडा नंं. १३ सम्जुर माझगाउँ निवासी २६ वर्षीय प्रकाश गुरुङ (घले) मंसिर २७ गते राति अटो चलाउँदा टेम्पो पल्टिएर मेरूदण्डमा चोट लाग्न पुगेकोले हाल उनको दुबै हात दुबै खुट्टा नचल्ने अवस्थामा पुग्नुभएको छ । विदेश नगई स्वदेशमै केहि गर्नुपर्छ भन्दै संघर्षमय जीवनयापन गर्दै अरुका लागि पनि उदाहरण बन्नुभएका गुरुगंको बनिरहनु दुर्घटना पश्चात सिएमसि अस्पताल चितवनमा आसियुमा उपचाररत हुनुहुन्छ । उहाँको स्वासप्रस्वासमा समस्या आएकोले भेन्टिलेटर राखिएको र अपरेशन गर्न लागिएको छ । अपरेशन अगावै र अपरेशन पश्चात गुरुगंको जिवन अत्यन्तै खर्चिलो र कष्टकर हुने भएको छ ।साधारण आर्थिकस्तर हुनुभएका गुरुगंले सम्पूर्ण जायजेथा बेचेर पनि गारो पर्न लागेकोले सम्भव हुन्छ भने सहयोगी हातहरुले वहाँलाई सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।। तल उल्लेखित उहाँकी श्रीमती निशा दरैको खातामा सक्दो आर्थिक सहयोग गरि प्रकाश गुरुगंको जिवन बचाऔं ।
खाता नं: 1200942610700017
पीडितको श्रीमती: निशा दरै
बैंक: Machhapuchchhre Bank Limited
फोन नं: 9810397261
समाचारः मनोज कुमार श्रेष्ठको फेसबुकबाट








