सत्यवतीका विद्यार्थी पिट्ने शिक्षक र अन्य व्यक्तिहरुबारे छानविन गर्न माग

  • ख-
  • ख+

तनहूँ । नियम विपरित निर्मल मा.वि. लाई आयोजक बनाईएको राष्ट्रपति रनिङ शल्डि प्रतियोगिता विवादको घेरामा परेको छ । आयोजक बस्नुपर्ने नगरपालिका सहयोगी बसि एउटा विद्यालयलाई प्रतियोगिता आयोजना गर्न दिदाँ र आयोजक विद्यालयका शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीमाथि भौतिक आक्रमण गर्दा प्रतियोगिता विवादमा परेको हो । नगरपालिकाले आयोजक बनाएको निर्मल मा.वि. मा प्रतियोगिता भईरहदा उक्त विद्यालयका शिक्षक बिरेन्द्र काफ्ले दलबल सहित मैदानमा प्रवेश गरि आयोजक विद्यालयसग प्रतिष्पर्धा गरेको विद्यालय सत्यवती मा.वि.का विद्यार्थीलाई घाटीमा घोक्रयाउनका साथै प्रहार गरेको कारण सत्यवती मा.वि. का विद्यार्थी सनि गुप्ताको आँखा नजिक चोट लागेको छ ।


विद्यार्थीमाथि हातपात गर्ने व्यक्तिहरु पक्राउ पर्ने डरले तनहूँका विभिन्न शक्ति केन्द्रहरु गुार्दै माफि मगाएर काण्ड मिलाउन खोजेपनि सत्यवती मा.वि.ले आज एक प्रेस विज्ञप्ति निकालेको र विज्ञप्ति निकाल्न विद्यार्थीहरुको जोडबलले काम गरेको कारण यो घटना यत्तिकै सेलाउला भन्न नसकिने निर्मल मा.वि. सम्बद्ध र सत्यवती मा.वि. सम्बद्ध श्रोतको भनाई छ । साथै सत्यवती मा.वि. का विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु घटनामा संलग्न शिक्षकलाई कारवाहीको माग नगरेपनि विज्ञप्तिमा जस्तै नरम भाषामा लेखिएको औपचारिक ज्ञापनपत्र बुझाउन भोलि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेलाई बुझाउन जाने पनि उक्त श्रोतले बताएको छ ।
विद्यार्थी माथि आक्रमण गरेको भिडियो दृश्य

https://www.facebook.com/sarbajyoti.news/videos/912801863526013

https://www.facebook.com/sarbajyoti.news/

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?