अबैध लागू औषध सहित कृष्णबहादुर आँबुखैरेनीमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मंसिर ३ गते अबैध लागू औषध सहित कृष्णबहादुर लोप्चन पक्राउ परेका छन् । सिन्धुलीबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ६३४१ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को कृष्ण बहादुर लोप्चनले लुकाई ल्याएको अबैध लागु औषध सहित पक्राउ परेका हुन् । लौपचनको साथबाट Diazepam लेखेको सिसी ६५ एम्पुल, Phenergan लेखेको सिसी ६५ एम्पुल र Noophin लेखेको सिसी ६५ एम्पुल गरी जम्मा १९५ एम्पुल लागु औषध फेला पारी लागु औषध सहित निज कृष्ण बहादुर लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै तनहूँ जिल्ला अदालतबाट ४ गतेका दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?