३३ बर्षिय अनिरुद्र मिश्र अबैध लागू औषध सहित आँबुखैरेनीमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । ३३ बर्षिय अनिरुद्र मिश्र अबैध लागू औषध सहित आँबुखैरेनीमा पक्राउ परेका छन् । ४ गते बिहान करिब ९ बजेको समयमा जिल्ला तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ट्राफिक पोष्ट स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध लागू औषध सहित मिश्रलाई पक्राउ गरिएको हो ।
काकड्भित्ताबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख १३९८ नं. को यात्रु बाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला झापा कनकाई नगरपालिका वडा न.३ का अनिरुद्र मिश्रले लुकाई लिएको तौल गर्दा २४.५७० ग्राम भएको (खैरो हिरोईन जस्तो देखिने) ब्राउन सुगर फेला पारी बरामद भएको
जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।साथै उक्त लागु औषध सहित निज अनिरुद्र मिश्रलाई पक्राउ गरी सम्मानित तनहूँ जिल्ला अदालतबाट आज ५ गते दिन ७ को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?