रवि अधिकारी रोटा बर्ष २०२४/२५ का लागि रोटर्याक्ट दमौलीको अध्यक्ष चयन

  • ख-
  • ख+

७ पौष तनहूँ । रोट¥याक्ट क्लब अफ दमौलीले आगामी वर्षको अध्यक्षमा रबि अधिकारीलाई चयन गरेको छ । शनिवार व्यास १२ छाब्दीमा सम्पन्न क्लबको ४५५औँ नियमित बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो । बिगत ८ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल अधिकारीले रोटा वर्ष २०२४/०२५ मा नेतृत्व गर्ने भएका छन् ।
रोटा वर्ष २०१६/०१७मा सदस्य पदबाट रोट¥याक्ट यात्रा थालेका उनले यसअघि कोषाध्यक्ष, क्लब सर्भिस डिरेक्सर, सब कोर्डिनेटर, डिरेक्टर चियर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । साथै उनी रोट¥याक्ट डिष्ट्रिकले आयोजना गर्ने धेरै कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।
उनले रोट¥याक्ट दमौलीको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने अधिकारीले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?