सेवर टोल विकास संस्थाको अध्यक्षमा टुमप्रसाद तिमल्सेना चयन

  • ख-
  • ख+

७ पौष । व्यास १० सेवरको सेवर टोल विकास संस्थाको अध्यक्षमा टुमप्रसाद तिमल्सेना चयन हुनुभएको छ । आज बसेको टोल बिकास संस्थाका सदस्यहरुको बैठकबाट तिमल्सेना सर्वसममत चयन हुनुभएको हो । त्यसैगरि संस्थाको उपाधयक्षमा जगतबहादुर विष्ट चयन हुनुभएको छ । संस्थाको सचिवमा उदय आचार्य थापा, कोषाध्यक्षमा सुनिता पौडेल चयन हुनुभएको छ ।
निर्वाचित भएपश्चात नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले टोलको विकासको लागि सबैजना लागिपर्ने बताउनुभएको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन कमिटिका संयोजक रामजीप्रसाद तिमल्सेनाले टिका लगाई स्वागत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?