नेपाल प्रहरीका सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला

  • ख-
  • ख+

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक ९सई० मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।

उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।

उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?