कांग्रेस तनहूँको जिल्ला सम्मेलनको तयारी पुराः सभापति देउवा सोमबार तनहूँ आउने

  • ख-
  • ख+

८ पौष । तनहूँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर सोमबार तनहूँ आउनुहुने भएको छ । देउवा दमौली स्थित विपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहूँको जिल्ला सम्मेलनमा सहभागी हुन आउनु हुने भएको हो ।
नेपाल प्रेस युनियन तनहूँले आईतबार गरेको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक डम्बरबहादुर अधिकारीले सभापति देउवा आउने हुने र तयारी पुरा भएको जानकारी दिनुभयो । देउवाले सोही दिन जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम जिल्ला सदस्य सिर्जना तिवारीले बताउनुभयो । काँग्रेस तनहूँको भवन कात्तिक २४ गते उद्घाटन गर्न भनिएकोमा जाजरकोट र रुकुममा भुकम्प गएकोले कार्यक्रम स्थगित गरिएको र त्यही रोकिएको कार्यक्रमलाई पुस ९ गतेलाई तय गरिएको हो नेपाली काँग्रेस तनहूँले जनाएको छ । एक हजार आठ सय ४७ जना चन्दादाताबाट भवन १ करोड ७२ लाखमा आठ आना जग्गामा भवन निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पुस १० मङ्गलबार दमौलीमा जिल्ला सम्मेलन हुनेछ । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन तनहूँका अध्यक्ष गोरा मियाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण सचिव उपेन्द्र खनालले गर्नु भएको थियो ।
विपी स्मृति भवन उद्घाटन तथा जिल्ला सम्मेलनको लागि नौ वटा उप समिति गठन गरिएको छ । मञ्च व्यवस्थापनको लागि संयोजकमा लक्ष्मीभक्त खनाल, भोलियन्टर परिचालन संयोजकमा मोहन गिरी, प्रचार प्रसार संयोजकमा डम्बर अधिकारी, प्रशंसापत्र लेखन तथा व्यवस्थापन संयोजकमा हुतमणी अधिकारी, स्वागत तथा सत्कार संयोजकमा हरि वाग्ले, स्टल व्यवस्थापन संयोजकमा मिलन आले, खाजा व्यवस्थापन संयोजकमा शिव खत्री, अनुगमन समितिको संयोजकमा रामबहादुर अधिकारी र रजिष्टेशन संयोजकमा परमेश्वर भट्टराईलाई जिम्मेवारी तोकिएको कांग्रेस तनहुँले जनाएको छ ।
कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, गण्डकी प्रदेशका पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् । सभापति आउने कार्यक्रमको सहभागिताको लागि जिल्लाका कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कांग्रेस तनहूँले आह्वान गरेको छ । भवन उद्घाटन कार्यक्रममा चन्दादातालाई सम्मानको कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?