आँबुखैरेनीमा भएको जिप दुर्घटनामा चालक सहित ५ यात्रु घाइते

सर्वज्योति
  • ख-
  • ख+

१० पौष । तनहूँ । आँबुखैरेनीमा भएको जिप दुर्घटनामा चालक सहित ५ यात्रु घाइते भएका छन् । १० गते बिहान करिब ४ बजेको समयमा जिल्ला तनहूँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जादै गरेको बा १७ च ७९६० नं. को बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खस्न गई उक्त दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक सहित जीपमा सवार यात्रुहरु मध्ये ५ जना यात्रुहरु घाईते भएको, घाईतेहरुको ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरी टोली र कालिभन्जन गण९ई० सुरक्षा पोष्ट तनहुँबाट खटिएको नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार गरी निम्न अस्पतालहरुमा उपचारको लागी पठाइएको जिल्ला प्रहरी कार्यलय तनहूँले जनाएको छ । साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले बजनाएको छ ।

घाईतेहरुमा जीप चालक कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ४ का दयाराम राना, सुर्खेत जिल्ला बिरेन्द्र नगरपालिका वडा नं. ६ का थानेश्वर भट्टराई,उक्त स्थानकै वडा नं.९ का २८ को निबस खत्री, दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं.५ का राकेश भट्ट र कैलाली जिल्ला गोदाबारी नगरपालिका वडा नं. ३ का खगेन्द्रराज पनेरु रहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्