जिल्लामा आमुल परिवर्तन गर्न नसके पनि देखिने काम गर्ने तनहूँका प्रमुख जिल्ला अधिकारीको प्रतिवद्धता

सर्वज्योति
  • ख-
  • ख+

तनहूँ । जिल्लामा आमुल परिवर्तन गर्न नसके पनि देखिने काम गर्ने तनहूँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय तनहूँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौतमले पत्रकारहरुले जिल्लाको वस्तुस्थिति र प्रमुख जिल्ला अधिकारीहरुले गर्नुपर्ने कामहरुको बारेमा बर्णन गरेपछि प्रमुख जिल्ला अधिकारी गौतमले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उक्त अवसरमा प्रमुख जिल अधिकारी गौतमले बिकास निर्माणका काममा हुने गरेका ढिलासुस्ति, लापरवाही, नदिजन्य पदार्थहरुको ओसारपसार, राष्ट्रिय गौरवका आयोजनाहरुको काम कारवाही र चुस्तदुरुस्त प्रशासन लगायतका कामका लागि आफु लागि पर्ने बताउनुभएको थियो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपि अवदेश विष्टले प्रमुख जिल्ला अधिकारीको स्पिरिट अनुसार सुरक्षाकर्मीहरुले काम गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले प्रमुख जिल्ला अधिकारी र आफु दुवै नयाँ भएकोले जिल्लाको वस्तुस्थिति बुझ्दै सर्वसाधारणको ईच्छा र आवश्यकता अनुसार काम गर्ने भनाई व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्