तनहुँ । तनहूँको थर्पु नजिक मौरी बजारमा बस पल्टिदा ३२ जना घाईते भएका छन् । १९ गते बिहान ४ः ३० बजेको समयमा जिल्ला म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार ठुलो पहिरो स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बिरगंन्जबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नं. को बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्न गई दुर्घटना हुदाँ बस चालक सहित बसमा सवार यात्रुहरु मध्ये ३२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाइतेहरु मध्ये १ जनाको अवस्था गम्भिर,१७ जनाको अवस्था मध्यम, १४ जनाको अवस्था सामान्य रहेको र निजहरुको गण्डकी अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा, जि. पी. कोईराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








