तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका भित्र अनुमति नलिइ चलाइएको अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ । बन्दिपुर
गाउँपालिका वडा नं. ६ सारङघाटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रसर उद्योगमा बन्दीपुर गाउँपालिकाले बिहिबार ताला लगाएको हो ।
यस अघि पनि पटक पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यलयले उक्त क्रसर उद्योग बन्द गराएको थियो । लुकिछिपि रातको समयमा समेत नदिजन्य पदार्थ चोरी निकासी गरेको पाएपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नं. ६ का वडाध्यक्ष वलबहादुर गुरुङ लगायत वडाका जनप्रतिनिधिहरु र नेपाल प्रहरी सहितको टोलीले क्रसर उद्योगमा ताला लगाएका छन् ।









