पुर्व प्रअकी श्रीमतीलाई क्यान्सरको उपचार गर्न आर्थिक सहयोगको खाँचो

माधब पौडेल
  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं १० दुम्सिचौरको श्री भानु मा. बि. का पूर्व प्रधानाध्यापक अम्बर बहादुर कुँवरको श्रीमती धन कुमारी कुँवरको उपचारको लागि आर्थिक सहयोगको खाँचो भएको छ । कुँवरलाई बोनम्यारो क्यान्सर जस्तो घातक रोग लागी अस्वास्थ हुनु भएको र उपचारको क्रममा धेरै रकम खर्च हुने देखिएकोले उहाँको जीवन रक्षाको लागि उपचारमा आर्थिक अभाव भएको छ । उहाँको आर्थिक अवस्था सामान्य रहेकोले निजको उपचारको लागि आर्थिक सहयोग गरिदिनुहुन विभिन्न व्यक्तिहरुले सहयोगको अपिल गर्नुभएको छ । व्यास १० निवासी नेपाली कांग्रेसका युवा नेता उत्तम मिश्रले सामाजिक संजालमा अपिल गर्दै उक्त विद्यालयका पुर्ब विद्यार्थी, शिक्षक, समाजसेवी एवम सम्पूर्ण मानव सेवामा लाग्नु भएका संघ संस्था र ब्यक्तिहरुले सहयोग गरि कुँवरको जिवन रक्षा गर्न अपिल गर्नुभएको छ ।
६३ बर्षिय कुँवरको वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भईरहेको छ । निजलाई सहयोग गर्न चाहने महानुभावहरुले निज धनकुमारी कुँवरको नेपाल बैंक लि.को खाता न. ०६००१३०७६२७७४३०००००१ मा हसयोग गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?