डा. स्वर्णिम वाग्लेको अगुवाईमा तनहूँको दमौलीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

पौष २२ । तनहुँ । डा. स्वर्णिम वाग्लेको अगुवाईमा तनहूँको दमौलीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तनहुँ क्षेत्र नं. १ का सांसद एवं वरिष्ठ अर्थविद् वाग्लेको अगुवाई र आव्हान उक्त सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति तनहूँको कार्यालय प्रागंढमा गरिएको कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र कमै मात्रामा स्थानिय निकायका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी महानुभावहरुलाई डा. वाग्लेले तनहुँ क्षेत्र नं. १ बाट विजयी भएपश्चात गरेका काहरुको फेरिहस्त बताउनुभएको थियो
। जिल्ला समन्पय समिति तनहूँका अध्यक्ष शान्तिरण वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा डा. वाग्लेले मतदाताहरुको सांसदप्रतिका गुनासा, विकास निर्माण प्रतिको चासो र सरकारी कार्यालयप्रतिका जिज्ञासा र सुझावहरु राख्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुका तर्फबाट सोधिएका प्रश्नहरुको जवाफ दिदै डा. वाग्लेले जनताहरुको उत्साहजनक सहभागिताले आफुहरु उत्साहित भएको र कम्तिमा १ बर्षमा एउटा कार्यक्रम गर्नुपर्छ भन्ने भावना बिकास भएको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी महानुभावहरुले बाटो, पानी, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी लगायतका बिषयमा देखिएका समस्याहरु र सरकारी कार्यालयमा देखिएका कमि कमजोरीहरुका बारेमा जिज्ञासा राख्नुका साथै सुझावहरु दिनुभएको थियो ।
कार्यक्तममा सहभागी तनहुँ जिल्लाका विभिन्न सउरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले सहभागीहरुको जिज्ञासाको जवाफ दिदै अन्य आवश्यक जानकारी र सहयोग आवश्यक भए कार्यालयमा सम्पर्क राख्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी अधिकांशले तनहूँमा सांसदद्धारा सार्वजनिक सुनुवाई कार्यक्रमको गरि जनताको बिचार र समस्या बुझ्न खोज्नुलाई सकारात्मकरुपमा लिनुपर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्