व्यास नगरपालिकाका बासिन्दा पदम बहादुर परियार नेपाली काग्रेसका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार

सर्वज्योति
  • ख-
  • ख+

व्यास नगरपालिका पदम बहादुर परियार नेपाली काग्रेसका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार
तनहुँ । तनहुँँका पदम परियार नेपाली काग्रेसका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार बन्ने हुनुभएको छ ।काठमाडौं। नेपाली कांग्रेसको मुख्य कार्यालयय सानेपामा रातभर बसेको बैठकले बिहान ५ बजे सार्वजनिक गरेको हो जस्मा गण्डकी प्रदेशबाठ अपांगता तथा अल्पसंख्यक कोटामा तनहुन्को व्यास नगरापलिका वडा नं. १ का पदम बहादुर परियार पर्नुभएको छ । बैठकले परियारसहित राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।

अरु उमेदवारहरुमा कोशीमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीबाठ विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीबाट किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीबाट विष्णु देवी सापकोटाको नाम काङ्ग्रेसले टुङ्गो लगाएको छ ।

त्यस्तै कर्णालीबाट कृष्ण रोकाया र सुदूरपश्चिमबाट नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लगाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?