१ अर्ब ६७ करोड ११ लाख २७ हजारको बजेट कार्यक्रम पारित गर्दैै व्यासको ४० औं नगरसभा सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

२५ पौष । तनहुँ । व्यास नगरपालिकाको ४० औं नगरसभा बुधबार सम्पन्न भएको छ । नगर सभाले १ अर्ब ६७ करोड ११ लाख २७ हजार को उप–प्रमुखबाट संशोधित बजेट कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ । सभाले ३९ औं नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार सम्पन्न भएका कार्यहरु र विविध पक्षहरुको नगर प्रमुखबाट प्रस्तुत १४ बुदें समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

सभामा ३९ औं नगर सभाबाट आर्थिक बर्ष २०८०/८१ का लागि पारित १, अर्ब ६८ करोड ९१ लाख २७हजार को आय व्यय बजेट कार्यक्रममा १ करोड ९६ लाख थप शिर्षकमा आय हुने र ३ करोड ७६ लाख विभिन्न शिर्षकमा आय कम हुन जाने देखिँदा कुल बजेटमा १ करोड ,८० लाख घटी हुन गई १ अर्ब ६७ करोड ११ लाख २७ हजार को उप–प्रमुखबाट प्रस्तुत संशोधित बजेट कार्यक्रम पारित गरेको नगरपालिकाले जनाएको छ ।

नगर सभाबाट व्यास नगर आर्थिक ऐन–२०८०, विनियोजन ऐन–२०८०, शिक्षा ऐन–२०७५ र न्यायीक समिति सञ्चालन (कार्यविधि) ऐन २०७४ मा संशोधन प्रस्ताव पारित भएको छ । सभामा आर्थिक विकास समितिका संयोज रमेश हड्खले, लेखा समिति संयोजक काशिराम श्रेष्ठ, पूर्वाधार विकास समिति सदस्य यज्ञ प्रसाद पौडेल, कृषि प्रबर्धन समिति सदस्य विष्णु कुमार श्रेष्ठ”हिमाल”, सुशासन समिति सदस्य इश्वर पौडेल, विधायन समिति संयोजक खेमराज पोख्रेल, वन वातावरण समिति संयोजक रनसिं नेपाली, सामाजिक विकास समिति संयोजक काजिमान श्रेष्ठ, जग्गा विकास आयोजना प्रमुख रबिन्द्रलाल मुल, योजना तथा पूर्वाधार शाखा प्रमुख डा. राजु पौडेल, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सम्बन्धित समिति र शाखाका प्रगति समिक्षा प्रतिवेदन पेश गरेका थिए ।

सभामा प्रस्तुत विभिन्न प्रस्ताव एवं प्रतिवेदन उपर नगर सभाका सदस्यहरु दल बहादुर दुरा, दुर्गा बहादुर आले, विज्ञान कैनी, विनु श्रेष्ठ, सुरेश वाग्ले, दधिराज घिमिरे, खिर माया वि.क., संन्तोष जि.सी., गोकुल राना, यज्ञ शर्मा, सरोज भण्डारी, हर्क बहादुर कार्की, सुन्दर वाग्ले, राम प्रसाद मिश्र, ढाल प्रसाद घिमिरे, हरिश्चन्द्र पन्थ, मणिजंग बस्नेत, सरस्वति वि.क. र कमला वि.क. समेत २२ जनाले आ–आफ्नो सुझाब राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्