हिक्मत श्रेठ उद्योग बाणिज्य संघ स्याङ्गजाको अध्यक्षको दावेदार

सर्वज्योति
  • ख-
  • ख+

उद्योग बाणिज्य संघ स्याङ्गजाको अध्यक्षमा हिक्मत श्रेष्ठ उमेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि व्यपारी व्यवसायीको हितमा लाग्नुभएका श्रेष्ठ आफुले सधै व्यापारी व्यवसायीको सुख दुःखमा साथ दिईरहेको र सदा सर्वदा दिईरहने भएकोले अध्यक्ष पदमा उमेदवारी दिन लागेको बताउनुभएको छ ।

आगामी माघ ५ र ६ गते हुन गईरहेको निर्वाचनमा अध्यक्ष पदको दावेदारी गर्नुभएका श्रेष्ठ व्यापरीहरुमाझ लोकप्रिय व्यापारीका रुपमा परिचित हुनुहुन्छ भने हाल उद्योग बाणिज्य संघ स्याङ्गजाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्