स्वास्थ्य बीमामार्फत उपचार गर्नेले १० प्रतिशत रकम तिर्नुपर्ने नीति लागु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सोमबार (१ माघ) देखि सहभुक्तानी नीति लागु भएको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

बोर्डका अनुसार २७ पुसको निर्णय अनुसार सोमबारदेखि स्वास्थ्य बीमामा सहभुक्तानी प्रणाली लागु गर्ने गरी मिति तय भएको बोर्डका उपसचिव बाबुराम खनालले जानकारी दिए । यस प्रणाली अन्तर्गत अब बीमितले खर्चको १० प्रतिशत बेहोर्नु पर्छ ।

 

१ माघदेखि सहभुक्तानी प्रणाली लागु गरी बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मा समेत सोही अनुसार मिलाइएको बोर्डले जनाएको छ । यससँग सम्बन्धित कार्यविधि तयार गरी बोर्डले कार्यान्वयनमा ल्याएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?