व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघ तनहूँ शाखाको १२ औं साधारण सभा तथा सम्मान तथा पुरस्कार अर्पण समारोह सोमवार सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दे गाँउपालिकाकी प्रमुख माया राना, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, पत्रकार महासंघ तनहूँका पूर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी, प्रदिप काफ्ले , प्रेमप्रकाश पौडेल, प्रकाशचन्द्र भट्टराई , डम्बर बहादुर अधिकारी , उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य महासंघ तनहूँका बरिस्ठ उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतका अतिथहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले लोकतन्त्रको मुल्य र मान्यताको रक्षाको लागि पत्रकारहरु लाग्नुपर्ने बताउनुभएको थियो । सोहि अवसरमा पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गर्ने जिल्लाका वरिष्ठ पत्रकारहरु पत्रकार महासंघ तनहूँ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, पूर्व अध्यक्षहरु मुक्ति नाथ खनाल, प्रदिप काफ्ले , प्रेमप्रसाद पौडेल, प्रकाशचन्द भट्टराई, डम्बरबहादुर अधिकारीलाई विभिन्न पुरस्कारहरुबाट सम्मान गरिएको थियोे ।
कार्यक्रममा उपस्थित अतिथि तथा वक्ताहरुले तनहूँका पत्रकारहरुले जस्तोसुकै बिषम परिस्थितिमा पनि जनतालाई सुसुचित गर्ने काम गरेको र शहरमुखी नभईकन गाँउतिर पनि जान आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारसग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीहरुले पत्रकारहरुलाई पनि पत्रकारिता गर्ने वातावरण बनाईदिन र सहयोगको हात अगाडि अनुरोध गर्नुभएको थियोे ।
नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन शाखाका सचिव उज्वल पौडेलले संचालन गर्नुभएको थियोे ।









