तनहूँ । टिम नेपो तनहुँद्वारा भानु नगरपालिका वडा नं. ६ कालिका प्रा.बि.का ४० जना अति बिपन्न विद्यार्थीहरुलाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
उक्त कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खत्रीको सभापतित्वमा भएको थियो । कार्यक्रममा उक्त विद्यालयका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ( कपि, कलम, इलेजर, कटर ) तथा विद्यालय पोशाक ( जुत्ता र मोजा) वितरण गरिएको थियो । कार्यक्रममा टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सिनाले शुभकामना मन्तव्य दिदै टिम नेपोले सामाजिक कामहरुमा सबैसग हातेमालो गर्ने बताउनुभएको थियो ।

कार्यक्रमका संयोजक विष्णु विश्वकर्माले आँउदा दिनहरुमा पनि सहयोग गरिने बाचा गर्नुभएको थियो ।
विद्यालयकी प्रधानाध्यापक कल्पना अधिकारीले टिम नेपोले विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाकहरु उपलब्ध गराएर पुन्यको काम गरेको बताउनुभएको थियो ।









