नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको ठहरः ४ स्थान उक्लदै नेपाल पुग्यो १२७ औं नम्बरमा

  • ख-
  • ख+

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष ११७ औं स्थानमा पुगेको छ । गतवर्षको भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष १८० देशमा गरेको सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।

बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरि ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल १ सय अंकमा डेनमार्क र न्युजील्याण्डले ८८ अंक प्राप्त गरेका छन् भने उक्त तथ्यांक अनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीको अग्रपंक्तिमा रहेका छन् । ति देशहरुले १ सय मा १२ अंक मात्र प्राप्त गरेका छन् । ११७ औं स्थानमा भएको हाम्रो देश नेपालले भने ३३ अंक मात्रै पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्