क्यानडा पठाईदिन्छु भन्दै धेरैजना ठगेकाे आरोप लागेका युवक पोखरामा पक्राउ

  • ख-
  • ख+

पोखरा । क्यानडा पठाईदिन्छु भन्दै धेरैजना व्यक्तिहरुकाे लाखाै‌‌ रुपैया ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पाेखरामा पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई कास्की जिल्लाकाे पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा बस्ने ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई प्रहरीले माघ १३ गते पक्राउ गरेको हो ।

उनले विगत लामो समयदेखि युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै ३३ जनाबाट ९० लाख ७१ हजार ५ सय रुपैया ठगी गरेको आरोप छ ।

विश्वकर्माले कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनी ठगी गर्ने नियतले रकम उठाएको भन्ने जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार विश्वकर्माले ती व्यक्तिहरुलाई विश्वास दिलाउन बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको पाईएको छ । निजलाई ठगी सम्बन्धी कसूर अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?