नेपाली सेनाका महताराद्धारा ४४ कि.मी. व्यासनगर अल्ट्रा म्याराथनको उपाधि कब्जा

  • ख-
  • ख+

तनहुँको व्यास नगरपालिकाले प्रत्येक बर्ष शहीद दिवसको अवसरमा आयोजना गर्ने व्यास नगर अल्ट्रा म्याराथनको उपाधि यस बर्ष त्रिभुवन आर्मी क्लबका देवराज महताराले जित्नुभएको छ ।
व्यास नगरपालिकावडा नं. ५ माननहूँकोट देखि व्यास नगरपालिका वडा नंं ८ पुलिमराङसम्म ४४ किलोमिटरको नेपाली सेनाका महतरालृ ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार पहिलो हुन सफल हुनुभएको हो ।
त्यसैगरि उक्त म्याराथनमा सोलुखुम्बु जिल्लाका का सुमन कुलुङ राई दोश्रा हुनुभएको थियो वहाँले उक्त दूरी ३ घण्टा ८ मिनेट एक सेकेन्डमा पार गर्न सफल हुनुभएको थियो । त्यस्तै उक्त म्याराथनमा रामेछाप जिल्लाका त्रिभुवन आर्मी क्लबकै वेदबहादुर सुनुवार तेश्रो हुनुभएको थियो वहाँलेले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्नुभएको थियो ।

प्रतियोगितामा पहिलो, दोश्रा र तेश्रा हुनेलाई क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँ र सान्त्वना हुने ५ जनालाई १६ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

उक्त अल्ट्रा म्याराथनमा तनहूँ लगायत स्याङ्जा, लमजुङ, गोरखा, कास्की, सिन्धुली, धादिङ, बागलुङ, रुकुम, पर्वत, काठमाडौँ, म्याग्दी, सोलुखुम्बु, लगायतका २० जिल्लाका १८० धावकहरु सहभागी हुनुभएको थियो ।

म्याराथनका विजेताहरु प्रतियोगिहरुलाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त अवसरमा सहभागी अतिथि तथा महानुभावहरुले व्यास नगरपालिकाले यसप्रकारको प्रतियोगिताको आयोजना गरेर नगरको कीर्ति देशभर फैलाउने काम गरेको बताउनुभएको थियो ।

(तस्विरः किशोर पन्तको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्