मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

सर्वज्योति
  • ख-
  • ख+

१० फागुन, धनगढी । बैतडी जिल्लामा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका १ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जादै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा डिलासैनी गाउँपालिका १ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

जिपमा चालकसहित १७ जना सवार थिए । जिप चालक डिलासैनी गाउँपालिका ६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

साभारः अनलाईन खबर

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्