मालवाहक गाडी घरमाथि पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित ३ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिमा भएको मालवाहक गाडी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बुढीगंगा ४ प्रगती टोलमा लहरी दुर्घटना भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना दाजुबहिनीसहित अर्का एक जना रहेको प्रहरीले जनाएको छ।
बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला मालवाहक  गाडी पल्टिँएर ठुलो ढु‌ंगाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको मालवाहक  गाडी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको मालवाहक  गाडी ले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्