नेता नबनेर ठुलै गल्ती गरिएछ !

माधब पौडेल
  • ख-
  • ख+

उहिल्यै स्कुल, क्याम्पस अगाडि टायर बाल्दै ढुगांमुढा गरेको भए,
रत्नपार्कका रेलिगं भाँचेको भए,
नेता बन्न पाईने रहेछ ।
आन्दोलनको समयमा अघिल्लो मोर्चामा बसेर फोटो खिचाउने अनि पुलिस आएपछि भागेको भए,
उहिल्यै बल्खु , मण्डिखाटार, बालुवाटार, सिंहदरवार
पछि म्हैपि, लाजिम्पाट, खुमलटार, बालकोट र बुढानिलकण्ठ धाईरहेको भए,
घनुष्टंकार रोगको परवाह नगरि जि जि हजुरी, दाई , भाउजु, बुबा भन्दै अघिपछि लागेको भए,
नेता बन्न पाईने रहेछ ।

के गर्नु आफ्नो रगतमा नै चाकडी रहेनछ
बेलैमा नेता बन्नेतर्फ पाईला अगाडि बढाईएन,
नेता भएको भए अहिले सरकारी एयर कण्डिशन गाडिमा हुईकिन पाईनेरहेछ ,
बिहान उठेर बिस्कुट होईन सुन चोबेर खान पाईनेरहेछ ,
नेपालीलाई शरणार्थी बनाएर बेच्न पाईनेरहेछ,
कलकारखाना बेचेर बिचौलिया बन्दै धनि बन्न पाईनेरहेछ ,
बालुवाटार निल्न पाईनेरहेछ ,
सहकारी डुबाउन पाईनेरहेछ ,
ठेक्कापट्टामा टप्न पाईदोरहेछ,
लाउडा, धमिजा, यति ओम्नि, क्यान्टोमेन्ट सबैमा हर्ताकर्ता हुन पाईनेरहेछ ,
आफ्ना आसेपासे आफन्तलाई रोजेको ठाउँमा नियुक्ति दिन पाईदोरहेछ,
सार्वजनिक जग्गा जमिन आफ्नो नाममा गर्न पाईदोरहेछ,
हत्या, बलात्कार गरेपनि छुट पाईनेरहेछ ,राजा हटे नयाँ राजा बन्न पाईनेरहेछ,
खोकि लागे हगंकंगंग, सिगांपुरमा उपचार गर्न पाईदोरहेछ,
सुरा सुन्दरी काण्ड आहाँ मेरो पनि नाम त्यसमा आउनेरहेछ ।

थुक्क मेरो बुद्धि !
नेता भएको भए अहिले श्राप खान पाईनेरहेछ ,
एक्लै बाटोमा हिड्दा जुत्ता चप्पल,थप्पड खान पाईनेरहेछ ,
जेल परेपनि निस्कदा ५१ किलोको माला लगाउन पाईनेरहेछ ।
नेता नबनेर ठुलै गल्ती गरिएछ !
नेता बनेर सातपुस्तालाई पुग्ने सम्पत्ति थुपारेर
शाखा सन्तानलाई विदेशका पिआर लिन लगाएर
देशको सेवा गर्छु भन्दै नेपाल आमाको रगत चुस्न पाईने रहेछ ।
नेपाल आमाको रगत चुस्न पाईने रहेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्