घुससहित विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

  • ख-
  • ख+

धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका ४ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्था निजहरुलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतोलाई नियन्त्रणमा लिएको हो ।

मिथिला नगरपालिका वडा नं. ५ स्थित रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस मागेर सेवा दिन ईन्कार गरिरहेका उनीहरुलाई रकम ईिरहको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?