नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

तस्विर: सांकेतिक

१३ फागुन, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।

तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको थापाले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ’, थापाले भने, ‘यद्यपि, सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं ।’ उनीहरुलाई देख्नेहरुले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।

उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

यता काठमाडौंमा भने थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा शुक्रबार शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

विवाह गरेको तीन वर्ष भइसक्दा पनि सन्तान नभएपछि उनले शिशु चोरेको अनुसन्धानबाट देखिएको थियो ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्