वडा कार्यालयमा नगर प्रहरीको श्रीमती मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्।

आइतबार भीमदत्त नगरपालिका वडा नम्बर १८ को कार्यालयमा रहेको मिटिङ हलभित्र २० वर्षीया प्रमिला धामी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनी भीमदत्तमा कार्यरत एक जना नगर प्रहरीकी श्रीमती हुन्।

उनी सोही कार्यालयमा बस्दै आएकी थिइन्।

बिहान योग गर्न हलमा पुगेका मानिसहरूले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

माइती पक्षलाई पनि खबर गरि जाँचबुझ भइरहेको उनले जानकारी दिए।
साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्