माओवादीले तोक्यो ७ वटै प्रदेश इन्चार्ज र सहइन्चार्ज

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ । नेकपा (माओवादी केन्द्रर) को बुधबार बसेको स्थायी कमिटी बैठकले ले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्दै नयाँ ईन्चार्जहरु तोकेको छ ।

नयाँ जिम्मेवारीअनुसार, कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्ज सावित्रीकुमार काफ्ले तोको छ भने मधेसको इन्चार्जमा सचिव लिलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साहलाई जिम्मेवारी दिएको छ । त्यसैगरि पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई बागमती प्रदेशको इन्चार्जमा तोकि सहइन्चार्ज पछि तोक्नेगरि खाली राखिएको छ ।

दिनानाथ शर्मालाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिदा हरिराज अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिईएको छ । लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ।

कालीबहादुर मल्ललाई कर्णाली प्रदेशको इन्चार्ज सहइन्चार्ज खालि राखिएको छ । त्यसैगरि सुदूरपश्चिमको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?