बस दुर्घटना हुँदा १८ जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

बारा । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ । मंगलबार भएको सो दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् ।

तीव्र गतिमा गुडेको ना६ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा घाइते हुने १८ जनामध्ये एक जना महिला गम्भीर रहेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् । गम्भीर घाइते भएकी महिलाको परिचय भने खुलेको छैन ।

ईप्रका सिमराका प्रमुख क्षेत्रीले तीव्र गतिमा गुडेको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको छ ।

साभार: रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?