गजुरीको घाटबेसीमा बस त्रिशुलीमा खस्दा ४ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेको छ ।

विहान ५ बजे धादिङको गजुरी गाउँपालिका -५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।
साभारः नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?