काठमाडौंबाट दुई जना बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

२४ फागुन, काठमाडौं । काठमाडौंबाट दुई जना मानिस बेपत्ता भएका छन् । जडिबुटीबाट ६० वर्षीय अर्जुन लामा र टोखा नगरपालिकाको बानियाँटारबाट २४ वर्षीय नवीन श्रेष्ठ सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता अर्जुनका छोरा युवराजका अनुसार, २२ फागुनमा बिहान घरबाट निस्किएपछि बुबा सम्पर्कमा आएका छैनन् । उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा समेत खोजतलासका लागि निवेदन दिएका छन् ।

प्रहरी क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजी गरेपनि क्लू नभेटिएको बताएको छैन । उनी इन्द्रसरोबर गाउँपालिका–१, मकवानपुरका स्थायी वासिन्दा हुन् ।

बानियाँटारबाट हराएका श्रेष्ठ भने राइड सेयरको मोटरसाइकल चालक हुन् । २ माघमा तीन महिनादेखि घर भाडा नतिरेको भन्दै घरबेटीले खबर गरेपछि उनी हराएको थाहा भएको दाइ विष्णुबहादुर श्रेष्ठले बताए ।

सम्पर्कविहीन भएको थाहा भएपछि प्रहरी वृत्त, महाराजगञ्जमा खोजीका लागि निवेदन दिएको उनले जनाएका छन् ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्