मोटरसाइकलसँगै युवकको शव भेटियो

सर्वज्योति
  • ख-
  • ख+

२७ फागुन, राजविराज (सप्तरी)। कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवको शव शनिबार पुलमुनि भेटिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश ३०६१ नम्बरको मोटरसाइकल नजिकै उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्