पोखराको हेम्जामा मोटरसाइकल दुर्घटना हुदाँ २० बर्षिय युवकको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखराको हेम्जामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनसरी गाउँपालिका घर भएका २० वर्षीय दिनेश बुढामगर रहेका छन् ।

आइतबार साँझ ७ः४५ बजे हेमजाबाट पोखरा आउनेक्रममा सापकोटाचोकमा उनी सवार ग ३ प ९०२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति ८ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साभारः पोखरा न्युज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्