नुहाउने क्रममा डुबेर देवघाटमा एक पुरुष बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

 २८ फागुन। तनहुँ ।  तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा न ५ स्थित त्रिशुली नदी र कालीगण्डकी नदीको संगम स्थल बेनी संगममा नुहाउने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका छन् । नाम थर वतन नखुलेको  पुरुष पहेलो कुर्था, पहेलो कछाड,पहेलो आस्कोट, सेतो चप्पल र लठ्ठी नदी किनारमा राखी नुहाउने क्रममा अचानक सोही नदीमा डुबी बगाई एक पुरुष बेपत्ता भएका छन् ।
निजको खोजतलास भईरहेको,हालसम्म फेला नपरेको,उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्