परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्यो रुसी फौजमा मृत्यु भएका थप ७ जना नेपालीको नाम र ठेगाना

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी फौजमा मृत्यु भएका थप ७ जना नेपालीको नाम र ठेगाना सार्वजनिक गरेको छ । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना निम्नानुशार छ ।
१.धादिङका पूर्णबहादुर गुरुङ
२. जाजरकोटका नवीन शाही
३. उदयपुरका पदमबहादुर घिमिरे
४. झापाका गंगाराम अधिकारी
५. बागलुङका जितबहादुर वि.क.
६. बाँकेका संजय केसी
७. रसुवाका सुन्दर मोक्तान ।

मन्त्रालयले रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाउनुका साथै फौजमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्