पशुपतिको जंगलमा भेटियो १९ बर्षिय किशोरीको शव

सर्वज्योति
  • ख-
  • ख+

तस्विरः सांकेतिक

काठमाडौं । काठमाडौंको पशुपतिको जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए ।

उनले भने, आज बिहान मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेको थियो । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । ‘ उनका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।

थापा केहीदिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी थिइन् । उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घर बाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सन्जालमा अपिल गरेका थिए ।
साभार नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्