पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्